मेयर र नेकपा नेता हरी काफ्लेको सँयुक्त पहलमा अवरुद्ध पुल निर्माण कार्य सुचारु
तनहुँको विमलनगर र गोरखाको पालुङटार नगरपालीका वार्ड न. ७ कुमालटारी जोड्ने मस्र्याङ्दी नदी माथीको पुल निर्माणको बाँकी काम पुन : सुचारु भएको छ । वडाध्यक्ष सहित केहि स्थानिय वासिन्दाको अवरोध का कारण पुल निर्माणको बाँकी काम रोकीएको थियो । पालुङटार नगरपालीका मेयर दिपक कडेल र नेकपा गण्डकी प्रदेशका नेता हरी काफ्लको सँयुक्त पहलमा असन्तुष्ट स्थानियहरु सँग असार १३ गते छलफल गरेर बाँकी काम अगाडी बढाउने सहमती भएको छ । सहमती पश्चात ठेगेदार कम्पनीले पुन : काम सुचारु गर्न लागेको हो ।

यसले पालुङटार देखी मौवाटार, ठाँटीपोखरी सम्मका बासिन्दामा खुशी छाएको छ ।
