चितवनका दुई जना चिकित्सकमा कोरोना संक्रमण
चितवनमा दुई जना चिकित्सकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
भरतपुर अस्पताल स्रोतका अनुसार एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सकमा संक्रमण पुष्टि भएको हो। उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन। उनीहरूको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।
यसबारे भरतपुर अस्पतालले औपचारिक जानकारी गराउन बाँकी छ।