अर्घाखाँचीमा भिरबाट लडेर दुई जनाको मृत्यु
(बुटवल) भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका–२ स्थित भलायडाँडाका ५५ वर्षीय बसन्त कुमाल रहेका छन् । खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै कुमालको सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा घाइते भएका र उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत प्रकाश खत्रीले बता