ब्राजिलमा एकैदिन ३७ हजार बढी कोरोना संक्रमित भेटिए, भारतमा ११ हजार बढी थपिए
ल्याटिन अमेरिकी देश ब्राजिलमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्।
वर्ल्डमिटरका अनुसार त्यहाँ एकैदिन ३७ हजार २ सय ७८ बढी संक्रमित फेला परेका हुन्। ब्राजिल सर्वाधिक कोरोना संक्रमित भएको विश्वको दोश्रो देश हो। पहिलो नम्बरमा अमेरिका रहेको छ।
योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ९ लाख २८ हजार ८ सय २४ पुगेको छ। कोरोनाबाट ब्राजिलमा हालसम्म ४५ हजार ४ सय ५६ जनाको ज्यान गएको छ।
यसैगरी छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ३५ नयाँ संक्रमित फेला परेका छन्। भारतमा हालसम्म ११ हजार ९ सय २१ जनाको कोरोनाबाट मृत्यु भइसकेको वर्ल्डमिटरले जनाएको छ।
संक्रमित संख्याको आधारमा भारत चौथो नम्बरमा रहेको छ।