भारतसँग बंगलादेश रुष्ट, बंगलादेश-चीन सम्झैता प्रति भारतको प्रतिकृयामा कडा आलोचना
(एजेन्सी) दक्षिण एशियाली दुई शक्तिशाली मुलुक भारत र चीनको टकरावले भारतको सम्बन्ध छिमेकी अन्य साना र बिकासोन्मुख मुलुकसँगको सम्बन्ध चिढिन थालेको छ । नेपालसँगको सीमा विवादले अहिले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचिरहेको छ ।
पाकिस्तानसँग त दशकौँ अघि देखि सीमा बिवादका कारण पटकपटक युद्धकै नजिक पुग्ने गरेका छन् । अझ पछिल्लो समय भारतमाथि अर्को छिमेकी मुलुक बङ्गलादेश पनि रुष्ट बनेको छ । बंगलादेशले चीनसँग अफ्नो उत्पादन ९७ प्रतिशत शुल्क छुटका साथ निर्यात गर्ने सम्झैता गरेपछि त्यो सम्झैतामाथि भारतले गरेको टिप्पणी प्रति बंगलादेश रुष्ट भएको हो ।
बंगलादेशको यो सम्झैता आगामी जुलाईबाट लागु हुने भारतकै संचार माध्यम द हिन्दुमा उल्लेख छ । सम्झैता लागु भएपछि चीनले बंगलादेशको ९७ प्रतिशत उत्पादनमा शुल्क लगाउने छैन् ।
यो सम्झैतापछि भारतले यो सम्झैता अल्पबिकसिकत मुलकु बंगलादेशप्रति चीनको च्यारिटी हो भनेकाे छ । यो भनाइपछि बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमिनले चीनसँगको सन्धीपछि आएको भारतको धारणा प्रति कडा आलोचना गरेका छन् । उनले भनेका छन् – ‘वास्तवमा च्यारिटी भनेर भारतले आफ्नो तुच्छ मानसिकता दर्सायाे ।’
बंगलादेशी विदेशमन्त्रीको भारत प्रतिको प्रतिकृया यो दोस्रो पटक हो । उनले यही सम्झैता हुने बित्तिकै भारतको समाचारहरुमा चीनले बंगलादेशलाई आफ्नो गर्ने कोसिस गरिरहेको भन्ने समाचारमा पनि मुख खोलेका थिए ।