भारतमा कोरोना संक्रमित तीन लाख ८० हजार नाघे
(काठमाडौं) भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै अहिलेसम्म दुई लाखभन्दा बढी संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् । डिस्चार्ज वा निको हुनेको संख्या पनि अहिलेसम्म दुई लाख चार हजार ७११ पुगेको छ ।