थप २४ जनामा कोरोना संक्रमण
बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ।
जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्। उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो।
बुधबार मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएकाे छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।