काठमाडौंका ७ वर्षीय बालकसहित तीन जना कोरोना संक्रमित थपिए
बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
जसमा काठमाडौं, चन्द्रागिरि नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।
बिहीबार दिउँसो पनि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकासहित तीन जनामा संक्रमण पुष्टि भएको थियो। जसमा दुईजना काठमाडौंको चन्द्रागिरि नगरपालिकाका र अर्का नवलपरासीको देवचुली नगरपालिकाका हुन्।