वीरगञ्जमा एकै दिन ४३ जना कोरोना निको भएर घर फर्किए
(वीरगञ्ज) कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकैदिन ४३ जना डिस्चार्ज भएका छन् ।
दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर सोमबार डिस्चार्ज भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । डिस्चार्ज हुनेमा २ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । जसमध्ये ४१ जना पर्साका छन् भने सर्लाही र भारतका एक/एक जना रहेका छन् ।
४३ जना एकै पटक डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए । वीरगञ्जकै गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् ।