एक महिलामा कोरोना देखिएपछि काठमाडौंको कपन क्षेत्र सिल
काठमाडौंको कपन क्षेत्रमा एक महिलालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १२ मा पर्ने तेन्जिङ चोकदेखि फैका चोकसम्म अर्को व्यवस्था नभएसम्म सिल गरिएको वडा कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको हो। वडा नम्बर १० र ११ पनि जेठ पाँच गते रातीबाट सिल गर्ने तयारी भइरहेको उक्त कार्यालयको विज्ञप्तिमा उल्लेख छ। सिल गरिएको अवस्थामा कसैलाई घरबाहिर हिँडडुल गर्न पाइने छैन।
स्वास्थ्य सम्बन्धी अत्यावश्यक समस्या परे वडाका सदस्यहरूलाई फोन गर्नुपर्ने छ। यस्तो समस्या परे वडा अध्यक्ष शम्भू प्रसाद भट्टराई (९८५१०४३६१५), वडा सदस्य शान्ता ढकाल (९८४९०१७९९३), वडा सदस्य पुरूषोत्वम नेपाल (९८४१२८५६५६), डिल्लीप्रसाद खतिवडा (९८४१६१३५१६) र मिना बयलकोटीलाई (९८४०४७०४५४) मा फोन गर्न विज्ञप्तिमा भनिएको छ।
उक्त वडामा अहिलेसम्म सात जनाको कोरोना परीक्षण गरिएको छ।