चन्द्रागिरिमा कोरोना देखिएपछि कीर्तिपुर जोडिने सडकमा बार
काठमाडौंको चन्द्रागिरि नगारपालिकामा कोरोना संक्रमित देखिएपछि कीर्तिपुर नगरपालिकाका विभिन्न टोल छिर्ने सडकमा तारबार लगाइएको छ।
छिमेकी नगरपालिका चन्द्रागिरिमा कोरोना संक्रमित देखिएपछि पूर्वसावधानी अपनाउन भन्दै स्थानीय बासिन्दाले मुल सडकदेखि टोल छिर्ने सडकमा तारबार लगाएका हुन्।
चन्द्रागिरि नगरपालिकामा अहिलेसम्म दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ मान्छे गाडी, मोटरसाइकललगायत सवारी साधनमा टोल आउने गरेको भन्दै स्थानीय बासिन्दाले सडकमा बार लगाएका हुन्। बाँस, काठ, जस्तापाताले सडकमा बार लगाइएको छ।