टिचिङमा पिसिआर परीक्षण गर्ने ल्याब स्थापना
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पिसिआर विधिबाट परीक्षण गर्न सकिने गरी ल्याब स्थापना गरिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कर्मचारीलाई तालिम दिएपछि उक्त मेसिनबाट परीक्षण सुरू गरिनेछ।
अस्पतालमा सोमबार मेसिन स्थापना गरिएको हो। सरकारले पछिल्लो समय कोरोनाभाइरसका शंकास्पद संक्रमितका स्वाब परीक्षणलाई तीव्रता दिएको छ।
स्वाब संकलन गरेको लामो समय हुँदा पनि आवश्यक संख्यामा ल्याब नहुँदा रिपोर्ट आउन ढिला हुने गरेका छन्।
टिचिङमा स्थापना गरिएको ल्याबले एकपटकमा करिब सय जनाको स्वाब परीक्षण गर्न सक्छ।अस्पतालले पिसिआर मेसिन स्थापना गरेकोबारे सोमबार सहप्राध्यापक निरन्जनप्रसाद साहले जानकारी गराएका थिए।
मेसिन सञ्चालन शुभारम्भपछि कोरोना परीक्षण गर्न टिचिङमा सम्भव भएको उनले बताए।