६ जना कोरोना संक्रमित थपिए
सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ। यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए। अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।
यसैगरी, कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। वीरगन्जको नेसनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका-७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको हो।