कोरोनाबाट इटालीभन्दा बेलायतमा धेरैको मृत्यु
(काठमाडौं) कोरोना भाइरस संक्रमणका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा २९ हजार ५०१ र इटलीमा २९ हजार ३१५ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु भएकाहरुको संख्या इटलीको भन्दा १८६ ले बढी हो । कोरोना संक्रमितको संख्या भने इटलीमा धेरै छन् । इटलीमा २ लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या १ लाख ९६ हजार २४० छ ।
विश्वभर ३६ लाख ५९ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै २ लाख ५६ हजार ९२८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।