समाजवादी-राजपा एकीकरण : प्रदेश २ मा खुशीको माहौल
(काठमाडौं) प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी रराष्ट्रिय जनता पार्टी ९राजपा० बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिएका छन् ।
प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह समाजवादी र राजपा नेपालको एकीकरण आवश्यक र अपेक्षित नै भएको बताउँछन् । गत निर्वाचनले नै यसका लागि जनादेश दिएको बताउँदै मन्त्री साहले यो एकताले नयाँ यात्रा सफल, सार्थक र राष्ट्र निर्माणमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।
तत्कालीन राजपा सांसद विदेश्वर यादव ‘विक्की’ ढिलो भए पनि जनताको अपेक्षा पूरा भएको बताउँछन् । उनले दुई पार्टी अलग अलग हुँदा संघीय सरकारले पटक-पटक सरकार नै तोड्न चाहेको बताउँदै अब एकीकरण भएपछि यो सरकार पनि धेरै मजबुत भएको बताए । ‘जुन उद्देश्यले प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनुभयो, त्यो पूरा भएन,’ उनले भने, ‘बुधबार समाजवादी पार्टी फुटाउन सफल भएको भए प्रदेश २ सरकारमा असर पर्न सक्थ्यो ।’
प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झा पनि प्रदेश २ सरकारलाई नै लक्षित गरेर प्रधानमन्त्रीले दल परिवर्तन सम्बन्धी अध्यादेश ल्याए पनि त्यो सफल हुन नसकेको बताए । ‘यो अध्यादेश नै प्रदेश २ सरकार र यहाँका राजनीतिक दलप्रति लक्षित थियो,’ उनले भने, ‘तर, त्यो सफल हुन सकेन ।’
‘व्यापक माग थियो मधेशमा यो दुवै पार्टी एक हुनुपर्छ भनेर,’ राजनीतिक विश्लेषक सुरेन्द्र लाभले भने, ‘अध्यादेशको प्रेसरमा एकीकरण भएपनि धेरै नै सकारात्मक हो ।