सप्तरीबाट १४ भारतीयसहित २५ जना पक्राउ
(सप्तरी) लकडाउनको समयमा पनि नेपाल भित्रिएका १४ जना भारतीयलाई सप्तरीबाट नियन्त्रणमा लिइएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले यी १४ जनालाई देखेका थिए । यसपछि स्थानीयहरुको सूचना पाएर पुगेका वडाध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा समेत उनीहरुले मानिरहेका थिएनन् । ‘मैले क्वारेन्टाइनमा हिँड्न उनीहरुलाई नेपालीमा भने, तर उनीहरुले भाषा नै बुझेनन्’ वडाध्यक्ष यादवले भने, “पछि हिन्दीमा कुरा गर्दा उनीहरुले बुझेपनि क्वारेन्टाइनमा बस्न मानेनन् ।”
प्रहरीका अनुसार नियन्त्रणमा लिएका सबै भारतको बिहार राज्यअन्तर्गत् अररिया जिल्लाका छन् । पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् ।