अमेरिकी डलर सस्तियो
शुक्रबार बढेर रेकर्ड नजिक पुगेको अमेरिकी डलरको भाउ आज भने सस्तिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको बिक्रीदर आजका लागि ११८ रुपैयाँ ५८ पैसा तोकिएको छ। शुक्रबार यो दर ११९ रुपैयाँ ०४ पैसा थियो।
त्यस्तै आजको खरिददर ११७ रुपैयाँ ९८ पैसा रहेको छ। कोरोना भाइरसका कारण पछिल्लो समय डलर बलियो हुँदै गएको छ।