कोरोना रोकथाम : उच्चस्तरीय समिति बैठक साँझ पाँच बजे बस्दै
कोरोनाभाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिको बैठक शनिबार साँझ बस्ने भएको छ।
विश्वभर महामारीको रूप लिएको कोरोनाभाइरसको संक्रमणबाट बच्न सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।
रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार बैठक पाँच बजे बस्दैछ। यसअघि सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ।
स्रोतका अनुसार अबको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल हुने छ।