मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
(काठमाडौं) मंगलबार देशको केही स्थानमा चट्याङसहित बर्षको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महासाखाका अनुसार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा पनि आंशिक बदली रहनेछ।
तराई भूभागमा भने सामान्यतय आजको मौसम सफा रहने छ । देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।