संक्रमित सबैको मृत्यु हुँदैन
विश्वव्यापीरुपमा कोरोना फैलिएपछि अहिले संसारभर कोरोनाको सन्त्रास छ । तर, सत्य के हो भने कोरोना संक्रमित भएका सबैजनाको मृत्यु हुँदैन । यो समाचार लेख्दासम्म विश्वभर ८९ हजार ३ जना संक्रमित भएकोमा ३ हजार ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी ४४ हजार ८ सय ९५ जना संक्रमित भएर पनि ठीक भइसकेका छन् । यसले के प्रष्ट हुन्छ भने संक्रमित सबैको मृत्यु हुँदैन ।
पछिल्ला विभिन्न अनुसन्धान अनुसार मानिसको उमेर जति बढ्दै जान्छ कोरोनाको संक्रमणको कारण हुने मृत्युको खतरा त्यति नै बढी हुन्छ । ८० वर्ष माथिका १ सय जनालाई संक्रमण भएको छ भने मृत्यु हुने सम्भावना १५ प्रतिशत हुन जान्छ, अर्थात ८० वर्षमाथिका १०० जना संक्रमित भए भने १५ जनाको मृत्यु हुने सम्भावना हुन्छ ।
त्यसै गरी ६० देखि ७० वर्ष उमेर समूहको १०० जनालाई संक्रमण भयो भने मृत्युको सम्भावना ८ प्रतिशत हुन्छ । अर्थात यो उमेर समूहका १०० जनालाई संक्रमित भयो भने ८ जनाको मृत्यु हुन सक्छ । त्यसै गरी ४० देखि ५० वर्ष उमेर समूहका १०० जनालाई संक्रमण हुदाँ मृत्युको सम्भावना ४ प्रतिशत हुन्छ । त्यसै गरी २० देखि ३० उमेर समूहको १०० जनालाई संक्रमण हुँदा मृत्युको सम्भावना ०.५ प्रतिशत हुन्छ । त्यसै गरी २० भन्दा कम उमेर समूहका १०० जनलाई संक्रमण हुदाँ मृत्युको सम्भावना ०.१ प्रतिशत हुन्छ ।
अर्थात जति उमेर कम त्यति नै मृत्युको सम्भावना पनि घटेर जान्छ । ६० वर्ष भन्दा बढी र अन्य दीर्घरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या बोकेका मानिसहरु बढी सचेत हुनुपर्ने विभिन्न अनुसन्धानहरुको निष्कर्ष छ।