बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी बसमा सवार आठ जना जति यात्रु सामान्य घाइते भएका छन्।
मृतकको साथमा फेला परेको लाइसेन्समा रोल्पाको गंगादेव गाउँपालिका निवासी २४ वर्षीय रमेश वली भन्ने नाम खुल्न आएको प्रहरीले जानकारी दिएको छ।
उनको घटनास्थलमै मृत्यु भएको थियो।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गढवा गाउँपालिका वडा नं. १ जुरेनीमा सोमबार बिहान १० बजेर ५५ मिनेटमा काठमाडौंबाट दाङतर्फ आउँदै गरेको बा ६ ख ३९६७ नम्बरको बसले रा १ ब ८१८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।