प्रदेश १ मा २४ शैय्याको आइसोलेसन वार्ड तयार
(विराटनगर) कोरोना भाइरस संक्रमितलाई उपचार गर्न प्रदेश १ मा २८ शैय्याको आइसोलेसन वार्ड तयार भएको छ । संक्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनस्थलको पनि खोजी गरिएको छछ ।
शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा शुरेश मेहताको अनुसार प्रदेका ठूला अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको हो ।
विराटनगरस्थित विराट मेडिकल कलेजमा सबै भन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार भएको छ । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अञ्चल अस्पतालमा ५ र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको छ ।
विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको तयारी गरिएको छ । कोरोना भाइरसको रोकथाम गर्न आवश्यक तयारीमा प्रदेश सरकार जुटेको डा मेहताले बताए । प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ ।
अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसैगरी कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।