हरेक युनिटमा हेल्थ डेस्क, सैनिकको दैनिक ज्वरो नापिने
सबै सैनिक युनिटमा हेल्थ डेस्क खडा गरिएको छ।
त्यसले सम्पूर्ण सैनिकको दैनिक तापक्रम नापेर रेकर्ड राख्ने र रुघा, खोकी तथा ज्वरो आएका व्यक्तिहरुको रेकर्ड छुट्टै राख्ने तयारी भइरहेको छ।
अहिले सैनिक मुख्यालयका दुई वटा गेट बन्द गरिएको छ। बाँकी गेटबाट प्रवेश गर्नेको तापक्रम नापेर मात्रै प्रवेश दिने व्यवस्था गरिएको छ। वीरेन्द्र सैनिक अस्पतालमा बिरामीका आफन्तलाई समेत प्रवेशमा कडाइ गर्न थालिएको छ।
सैनिकलाई खोकी, ज्वरो वा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखा परे आइसोलेसन वार्डमा राखेर कोरोना परीक्षण गरिने र संक्रमित देशबाट फर्किएका सेनाले १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्नुपर्ने छ। संक्रमणको शंका लागेका व्यक्तिलाई तत्काल सैनिक अस्पतालमा लैजाने व्यवस्था मिलाउने र संक्रमितसँग नजिक रहेका व्यक्तिको पनि ज्वरो परीक्षण गरिने छ।
देशभित्रका कार्यक्रममा सहभागिता कम गर्ने र कोरोना प्रभावित देशमा हुने तालिममा हाल सहभागी नहुने निर्णय पनि भएको छ।