ललितपुरका केही क्षेत्रमा तीन दिन बत्ती नहुने
ललितपुरका केही क्षेत्रमा तीन दिन बत्ती नहुने भएको छ।
पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी लाइन अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले ४, ६ र ८ गते बिहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने भएको हो।
उक्त फिडर अन्तर्गत चुनिखेल, छम्पि, सल्यानटार, इटाहिटी, कामीडाँडा, टिकाभैरव, देविचौर, बुरुगचुली एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा विद्युत आपूर्ति नहुने नेपाल विद्युत प्रधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कार्य निर्धारित समय अगाडि नै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनेछ।