साउदी अरेविया र रसियाबीचको झगडाले तेलको मूल्यमा २५ प्रतिशत गिरावट
संसारमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने दुई मुलुकबीच ‘मूल्य युद्ध’ चल्दा पेट्रोलको भाउमा भारी गिरावट आएको छ।
पेट्रोलियम पदार्थको उत्पादन कटौती गर्ने विषयमा साउदी अरेविया र रसियाबीच विवाद उत्पन्न भएपछि बजार भाउमा २५ प्रतिशत सम्म गिरावाट आएको हो।
वेष्ट टेक्सास इन्टरमेडियट (डब्लुटिटी
सो प्रस्ताव ओपेकको सदस्य नरहेको रसियाले अस्वीकार गरेको थियो। साउदी अरेविया र रसिया विश्वमै पहिलो र दोस्रो धेरै तेल उत्पादन गर्ने मुलुकमा पर्छन्। रसियाले ओपेकको प्रस्ताव मान्न अस्वीकार गरेपछि उसलाई आर्थिक दवाव दिन साउदी अरेवियाले तेलको मूल्य घटाउने र आउने महिनादेखि उत्पादन पनि बढाउने घोषणा गरेको हो।
दुई मुलुकबीच ‘मूल्य युद्ध’ चल्दा पेट्रोलियम पदार्थको मूल्यमा सन् १९९१ को खाडी युद्ध पछिकै एकैदिनमा सबैभन्दा ठूलो गिरावट आएको छ। तेत्तीस प्रतिशतसम्म झरेको तेलको मूल्य अहिले २५ प्रतिशत कममा स्थिर भएको छ। सन् १९९१ मा अमेरिकाले इराक बिरुद्ध ‘खाडी युद्ध’ सुरू गर्दा पनि तेलको भाउमा एक्कासी गिरावट आएको थियो।
पछिल्लो तीन वर्षदेखि ओपेक र रसिया सहितका अन्य तेल उत्पादक मुलुकले तेलको उत्पादन कति गर्ने र मूल्य कति कायम गर्ने भन्नेमा मोटामोटी सहमति कायम गर्दै आएका थिए। यो विवादसँगै त्यो सहमति भंग भएको छ। सहमति भंग भएसँगै साउदी अरेवियाले आउने अप्रिल महिनादेखि दैनिक एक करोड ब्यारेल कच्चा तेलको उत्पादन थप गर्ने योजना बनाएको समचार संस्था रोएटर्सले जनाएको छ। यदि त्यसो भयो भने तेलको मूल्य थप घट्नेछ।
साउदी अरेविया र रसियाले सन् २०१४ देखि २०१६को बीचमा सहमतिमा तेलको मूल्य धेरै घटाएका थिए। अमेरिकामा तेल उत्पादनमा धेरै लगानी बढेपछि उनीहरूले अमेरिकी उत्पादन निरुत्साहित गर्न उत्पादन बढाएर मूल्य घटाएका थिए। त्यसो गर्दा पनि अमेरिकामा तेलको उत्पादन निरुत्साहित भएन।
अहिले अमेरिका संसारको चौथो ठूलो तेल उत्पादक मुलुक बनेकोछ। अमेरिकाले ब्यापक रुपमा तेल उत्पादन गर्न थालेपछि नै संसारमा तेलको मूल्य धेरै घटेर स्थिर हुन थालेको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनमा मूल्य घटे पनि नेपाली उपभोक्ताले त्यसको लाभ भने तत्कालै पाउने छैनन्। नेपालले भारतसँग प्रशोधित तेल किन्छ।
भारतमा प्रत्येक दिन तेलको मूल्य समायोजन गरिए पनि नेपालमा भने १५÷१५ दिनमा मात्र हेरफेर गर्ने गरिएको छ। नेपालमा अहिले तेलको मूल्य लागतभन्दा धेरै छ। त्यसैले पछिल्ला महिनामा नेपाल आयल निगमले ठूलो नाफा आर्जन गर्दै आएको छ।