मुख्यमन्त्री गुरुङ : अबको दुई बर्षमा गण्डकी प्रदेशका सबै खोलामा पुल
(बागलुङ) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको दुई बर्षमा गण्डकी प्रदेशमा पुल नभएका खोलाहरु भेटाउन मुस्किल हुने बताउनुभएको छ ।
बागलुङको काठेखोला गाउँपालिका-२ र ६ जोड्ने लामाबगर मोटरेवल पुलको शिलान्यास गर्दै गुरुङले जनताको समस्यालाई पहिचान गर्दै आवश्यक ठाउँमा मोटरेबल पुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका लागि काममा पारदर्शिता र आर्थिक अनुशासन कायम हुनुपर्ने भन्दै प्रदेश सरकार अन्र्तगतका सबै क्षेत्रमा जनताका माग र आवश्यकता अनुसारका निर्माण कार्यको थालनी भएको बताउनुभयो ।
‘जनताको जीवनस्तर उठाउनका लागि संघीय सरकार लागु भएको छ’, मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘मुलुकलाई अग्रगतिमा लैजानका लागि तिनै तहका सरकार जिम्मेवार छन् ।’
उहाँले अहिले मुलुकमा राजनीतिक युगको अन्त्य भएर बिकास र समृद्धिको युग शुरु भएको दाबी गर्नुभयो । प्रदेश सरकारले दुईबर्ष भित्रमा प्रदेश अन्र्तरगतका सबै क्षेत्रमा खानेपानी, बिद्युत, मोटरबाटो लगायतका योजना पु¥याउने दाबी समेत गर्नुभयो ।
गण्डकी प्रदेश सरकार आएपछि अलपत्र अवस्थामा रहेका धेरै पुलहरु निर्माण सम्पन्न भएको भन्दै मुख्यमन्त्री गुरुङले अवको तीन वर्ष भित्र प्रदेशमा १ सय ३० वटा मोटरेवल पुल निर्माण गरिसक्ने बताउनुभयो ।
गण्डकी प्रदेशमा रहेका ८३ हजार गरिब परिवारलाई लक्षित गरी आगमी वर्षदेखि गरिबी न्यूनीकरण कार्यक्रम ल्याउने बताउनुभयो ।
पुलको एमएस निलगिरी नेशनल जेभी कुपण्डोलसंग ३ करोड ३१ लाख ६३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । पुलको लम्बाई ३० मिटर र उचाई १०.३ मिटर रहने छ ।
२०७६ श्रावण १६ गते सम्झौता भएको पुल निर्माण कार्य २०७७ साल माघ २५ मा सम्पन्न गर्नुपर्ने निलगिरी नेशनल जेभीका ईञ्जीनियर गोबिन्द प्रसाद चौधरीले जानकारी दिनुभयो ।
काममा अवरोध नभए बर्खायाम पछि समयमा नै सक्ने गरी काम गर्ने निर्माण व्यवसायी सुनिलसिंह खत्रीले बताउनुभयो ।
पुलनिर्माण भएपछि गाउँपालिका अन्र्तगत बिहुँ, भिमापोखरा, धम्जा, तग्रामलगायतका स्थानका बासिन्दा लाभान्वित हुनेछन् ।
कार्यक्रम काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकको स्वागत र कार्यपालिका सदस्य टीका संगम बिकको संचालनमा सम्पन्न भएको थियो ।