सरकारले किन्ने बिजुली बसमा हिमालय मोटरोक्सले ठेक्का हाल्ने
नेपाल सरकारले खरिद गर्न लागेको बिजुली बसको लागि हिमालय मोटरोक्सले ठेक्का हाल्ने भएको छ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरोक्सले नेपाल भित्राउन लागेको अस्ट्रेलियन कम्पनीको ‘ब्रिजसन’ गाडी हाल नेपालमा आइनसके पनि नेपाल सरकारको ठेक्का प्रकृयामा सहभागी हुने अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।
‘खासमा हामीले भारतमा बनेको ‘ब्रिजसन’को विद्युतिय गाडी नेपाल भित्राउन लागेका हौं। भारतको प्लान्टमा गाडी बन्न अरु ३ महिना लाग्छ,’ उनले भने ‘ नेपाल सरकारले छिट्टै ठेक्कामा प्रकृया अगाडि बढायो भने चीन वा कोरियाको प्लान्टमा बनेको गाडी ल्याउने तयारी छ।’
ब्रिजसन’का विद्युतिय गाडीले अरु भन्दा धेरै माइलेज दिने थापाले जानकारी दिए।
‘
‘यो बसले फुल चार्जमा १ हजार किलोमिटर गुड्ने विश्व रेकर्ड समेत कायम गरेको छ। सरकारको मापदण्डअनुसार यसलाई परिमार्जन पनि गर्न सकिन्छ,’ उनले भने।
उक्त बस फुल चार्ज गर्न फास्ट चार्जरले ४ घण्टा र सामान्य चार्जरले ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ।