कोरोना भाइरसको प्राथमिक स्रोत चमेरो हुनसक्छ
(काठमाडौं) कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बढ्दो छ । चीनको वुहान शहरबाट सुरु भएको मानिएको यो भाइरसका कारण विश्वभर त्रास बढ्दो छ ।
वैज्ञानिकहरूले भने यो भाइरस चिनियाँ शहर वुहानकोे समुद्री जीवहरू बेच्ने बजारबाट उत्पन्न भएका विश्वास गरेका छन् । यो बजार जंगली जनावरहरु सर्प, राति हिंड्ने अमेरिकी हिंस्रक जीव (रैकुन), दुम्सी (पोर्कुपिन) जस्ता जीवहरूको अवैध व्यापारका लागि परिचित थियो । जंगली जनावरहरूलाई पिंजडामा राखिन्थ्यो र खाद्य पदार्थ तथा औषधिका रूपमा प्रयोग गरिन्थ्यो ।
तर खुबे प्रान्तमा प्रतिबन्ध लगाएपछि बजार क्षेत्रमा पनि यसको किनबेचमा रोक लागेको छ । चीन विश्वको सबैभन्दा अत्याधिक जंगली जनावर उपभोग गर्ने मुलुक हो । कानुनी र अवैध रुपमा यसको व्यापार सञ्चालन गर्ने मुलुकको रुपमा चीनले लिने गरिन्छ ।
चीनले प्रतिबन्ध लगायो
विश्व स्वास्थ्य संगठनकाअनुसार यो भाइरसको प्राथमिक स्रोत चमेरा हुन सक्छ । यो भाइरस मानिसमा आउनुभन्दा पहिले कुनै जनावरमा गएको हुनुपर्छ, जसको पहिचान अहिलेसम्म भएको छैन । चीनमा केही जनावरहरू तिनीहरूको स्वादको कारण खाइन्छ । जुन जनावरहरू परम्परागत चिकित्सामा प्रयोग गरिन्छ ।
चीनका विभिन्न शहरमा रहेका धेरै रेस्टुरेन्टले चमेराको झोल (सुप) उपलब्ध गराउँदछ । रेष्टुरेन्टहरुमा कचौरा भरी चमेराको मासुसहित सुप बेच्ने गरिन्छ । सुपमा बाघको अण्डकोष र बिरालो जस्तो जनावर (पाम सिभेट)को शरीर भागहरू पाइन्छन् । भुटेको कोब्रा सर्प, भालुको पञ्जा, बाघको हड्डीबाट बनेको मदिरा जस्ता खाद्य तथा पेय पदार्थ पनि महँगो रेस्टुरेन्टमा खुवाउने गरिन्छ ।
चीनमा पशु व्यापारको अनुसन्धान गर्ने एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित एक अन्वेषकले भनेका छन्, ‘चीनमा ‘येवै’को विचार (चिनियाँ भाषमा यो शब्दको अनुवाद जंगली परीक्षण हुन्छ ) घरघरमा बोल्ने शब्द हो, जुन चीनमा सांस्कृतिक रूपले साहसिक कार्य, अन्वेषण प्रकृति र विशेषाधिकारलाई जनाउँछ ।’
जनावरबाट बनाइएको परम्परागत चिनियाँ औषधिको प्रयोगले पुरुष नपुंसकता, आर्थराइटिस र गठिया जस्ता धेरै रोगहरू निको पार्ने विश्वास गरिन्छ ।