कवाडी बेचेको साढे ४४ लाख भानु माविले एकलौटी बनायो
(काठमाडौं) देशकै पुरानो विद्यालय दरबार हाइस्कुल २०७२ सालको भूकम्पले भत्काएर छियाछिया बनायो। सो भवनमा विद्यार्थीले पढ्न पाएनन्। चीनले बनाएर पुरानै शैलीमा नयाँ भवन तयार गरिदिएकाे छ। चीनले बनाईदिएको दरबार हाइस्कुल तर भूकम्पले भत्काएकाे दरबार स्कुलको कवाडी सामानमा भानु मावि र संस्कृत माविबीच विवाद अझै सुल्झिएको छैन्।
भूकम्पले भत्काएकाे दरवारको भवन भित्र सञ्चालित यी दुई विद्यालयका पुराना सामान बेचेकाे ४४ लाख ६० हजार सामान भानु माविले एकलौटी बनाएकाे छ। भानु र संस्कृत माध्यमिक विद्यालयका पुराना समान एकैसाथ बेचिएको थियो। दुई विद्यालयबीच बेचेको पैसा बराबरी बनाउने सहमति भए पनि भानुले संस्कृत विद्यालयलाई दिएकाे छैन्।
कवाडी समान बेचेको डेढ वर्ष वितिसक्दा पैसा नदिएपछि दुबैको विवाद सहतमै आएको हाे। संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शीवराज अधिकारीले कवाडीको पैसा संस्कृतलाई नदिई भानुले एकलौटी बनाई अहिलेसम्म पनि झुलाउँदै आएको बताए। ‘पहिला कवाडीको टेन्डर गर्दा दुबै स्कुलले बराबरी पैसा बाडफाड गर्ने सहमति भएको थियो,’उनले भने,‘डेढ वर्ष वित्दा पनि हामीले पैसा पाएका छैनौँ। भानुले हामीलाई अन्याय गरेको छ। पहिला पैसा दिन्छु भन्ने अहिले नदिने?।’ कवाडीको ४४ लाख ६० हजार पैसा भानु माविको खातामा अधिकारीका अनुसार कवाडी विवाद हुदै आएको १८ महिना भैसकेको छ।
उनले भने, ‘कवाडीबाट बेचेको पैसा अहिलेसम्म पनि भानुको राष्ट्रिय वाणिज्य बैंक खातामै पैसा छ। भानुले पैसा दिन्छु दिन्छु भनेर अहिलेसम्म पनि हामीलाई झुल्याएको छ।’ उनका अनुसार कवाडी बेचेको पैसा ४४ लाख ६० हजार रुपैया रहेको छ। पहिला प्रधानाध्यापक बद्रीप्रसाद दाहाल हुँदा नै लिनेदिने सहमति भएको थियो। त्यतिखेर थोरै समय भएकाले लिखित सहमति भने हुन सकेन। ‘यो सम्झौता म आउनु भन्दा अगाडी नै भएको हो,’उनले भने,‘सबै प्रकृया पूरा गरेर सम्झौता गर्ने भन्दा सात दिनको मात्रै समय भएकाले छिटो काम सकाउनलाई लिखित रुपमा सम्झौता हुन सकेन। पछि ठूलो रकम कानुनी आधारबिना दिन मिल्दैन भनेर कानुनलाई तेर्सेयार भानु स्कुलले पैसा रोकिराखेको छ। त्यस्तो बाहाना बनाएर पैसा रोक्न मिल्दैन।
’ विभिन्न बाहाना बनाएर पैसा रोकिएको बताउँदै उनले यस्ता बाहानालाई हटाई आधा पैसा संस्कृत स्कुलले पाउनु पर्ने उनले माग गरे।