मनकामना क्षेत्र विकास समितिको उदाहरणीय काम
गोर्खा जिल्लाको चर्चित धार्मिक स्थल मनाकमना मन्दिर अहिले निकै बदलिएको छ । पहिलेको तुलनामा अहिले व्यवस्थीत भएको छ । पहिले टिनको पाता थियो भने अहिले सुनको जलप चढाइएको छ ।
२०७२ को भुकम्पले ध्वस्त भए लगत्तै पुन र्निमाण कार्य सुरु गरिएको थियो । २०७५ मा मन्दिर र्निमाण सकिई राष्ट्रपति विद्यादेवी भण्डारीले उट्घाटन गर्नुभएको थियो ।
मनकामना मन्दिरको सर्वाङगिक विकास गर्न भनेर गठित विकास समितिले मनकामना क्षेत्रलाई व्यवस्थित ढंगले विकास गर्नका लागी गुठी संस्था, पर्यटन मन्त्रालय, पुरातात्व विभागसंग समन्नय गरेर विकास र्निमाणको काम अगाडी बढाउदै आएको हो । मनकामना पुन र्निमाण र विकासका लागी करिव ८ करोडको बजेट परियोजना गरिएपनि २०७२ को भुकम्प र भारतीय नाकाबन्दी का कारण करिव १३ करोड खर्च लागेको थियो । यसको लागी सरकारको तर्फबाट ४ करोड मात्र बजेट दिईएको थियो भने बाँकी पैसा विकास समितिले चन्दा बाटनै संकलन गरेको हो ।
भिजिट नेपाल २०२० लाई लक्षित गरेर विकास समितिले मनकामना क्षेत्रको पुन र्निमाण समयमै सम्पन्न गरेको मनकामना विकास समितिका कार्यकारी निर्देशक गिरिधरी सापकोटाले जानकारी दिनुभयो । भुकम्प पछिको पुन र्निमाणमा बौद्ध विकास समिति पछिको दोस्रो सशक्त विकास समिति मनकामना विकास समितिलाई मानिन्छ ।
मन्दिरको भित्ता र छानामा रहेको मुर्तिकला र काष्ठकलालाई प्राचिन शैलीमै पुन र्निमाण गर्न विकास समितिले काठमाडौँ बाटनै नाम चलेका कालिगड लगेर निर्माण गरेको थियो ।
मनकामना विकास क्षेत्रलाई अझ सुव्यवस्थित बनाउनका लागी विकास समितिले गुरुयोजना बनाई कार्यन्यन गरेको छ जस अन्र्तगत बालमैत्री, अपाङगमैत्री, महिलामैत्री शौचालय,स्नानघर, बगैँचा, भजन कक्ष, धर्मशाला, विश्राम स्थलको काम धमाधम भइरहेको छ ।
मनकामना विकास समितिको परोपकारी भावना र क्रियाशीलता को कारणले पुन र्निमाणको काम समयमै सम्पन्न भएको स्थानिय बासिन्दाले बताउने गरेका छन् । पुजा आजाका लागी आउने भक्तजनले पनि समितिको काम लाई लिएर निकै प्रसंसनिय रहेको बताउने गरेका छन् ।
आगामी नयाँ बन्ने विकास समितिमा पुरानै व्यक्तिहरुलाई निरन्तरता दिँदा यस क्षेत्रको विकासले तिव्रता लिने स्थानिय बासिन्दाले बताएका छन् ।