प्रधानमन्त्रीका प्रेस सल्लाहकार भीम रावललाई ज्यान मार्ने धम्कि दिने व्यक्ति
(काठमाडौँ) सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएपछि नयाँ वहस सुरु भएको छ।
प्राय नेपाली राजनीतिमा कुनै न कुनै प्रकारका हल्ला र फण्डाहरु भइरहन्छन्। चलिरहन्छन्। हरेक महिनामा एक न एक विषयले चर्चाको शिखर चुमेकाे हुन्छ। नयाँ विषयकाे उठान हुन्छ। काण्डै काण्डको देश जस्तै बनेको छ नेपाल। पछिल्लो समय एमसीसी, यति काण्ड सेलाउन नपाउँदै भीम रावल काण्ड चर्चामा आएकाे छ।
रावलले एमसिसी सम्झौताको विरोध गर्दा र राष्ट्र हितको कुरा उठाउँदा बेलायती युवराज्ञी लेडी डायनाको जस्तो हालत हुने धम्की आएको बताए।
उपप्रधान तथा गृहमन्त्री भइसकेका रावलले सार्वजनिक रूपमा त्यो पनि बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएपछि उनलाई कसले यस्तो धम्की दियो त भन्ने कुरामा विभिन्न अडकलबाजी गरिएको छ।रावलले उल्लेख गरेको लेडी डायनाको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केहीदिनअघि लेखेको फेसबुक स्टाटस हेर्दा यो प्रकरणको तस्बिर प्रष्ट देखिन्छ।
रावलले भनेका छन् ‘मैले यो कुरा गर्दा तपाईंले अघि अलिकति छुनु भएको थियो। मलाई मेरो ज्यानको समेत धम्की दिइएको छ। बालुवाटारमा बस्ने व्यक्तिबाट। लेडी डायनाले जसरी ज्यान गुमाउनु पर्यो तिमीले पनि ज्यान गुमाउँला भनेर बालुवाटारसँग सम्बद्ध व्यक्तिबाट मलाई धम्की दिइएको छ। यो बिडम्बना हो। तर, त्यस्तो भन्ने व्यक्तिहरूले के कुरा पनि सम्झनुपर्छ भने पुष्पलालको मृत्यु भएर नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाजहरू हराएर गएनन् भन्ने कुरा स्मरण गर्नुपर्छ। मदन भण्डारीलाई गाडी दुर्घटनाको अनेक नाटक मञ्चन गरेर दासढुंगामा हत्या गरेर मदन भण्डारीका देशभक्त पूर्ण आवाज नेपाली धर्तीबाट मेटिएका छैनन् भन्ने कुरा मलाई जीवनको धम्की दिनेहरूले राम्ररी स्मरण गर्नुपर्छ।’
रावलले उक्त अन्तर्वार्तामा उल्लेख गरेको लेडी डायनाको प्रसंग केही दिनअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुक स्टाटसमा भेटिन्छ। मंसिर र पुसमा गरी एक साता बसेको नेकपा स्थायी कमिटीको बैठकका बेला रावल र थापाको विवादको श्रृंखला सुरू भएको थियो। स्थायी कमिटी बैठकका निर्णय प्रवक्ता भन्नुपर्नेमा रावलले सार्वजनिक गरेको भन्दै थापाले आपत्ती जनाएका थिए।
विवाद बढ्दै जाँदा रावलले आफू जेलमा हुँदा सूर्य थापा भर्खरको बच्चा भएको प्रसंग सामाजिक सञ्जालमा लेखेका थिए। पुस १४ गते राति ९ः ४० बजे रावलका दुई कविताको फोटो राख्दै स्टाटस लेखेका थिए।
कमरेड, ‘राष्ट्रवाद’को बहसमा बुझेर नै उत्रिनुभएको हो त? पार्टीले तपाईंका कविताबमोजिम चलिदिनुपर्ने कि कसो हो? यी दुई कविताको ‘पुरानो’ र ‘नयाँ कवि’ तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ।
म पूरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भत्सर्नाको मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन। तपाईंका यताका अन्तर्वार्ता, प्रस्तुति र यावत पक्षले क्रमश: पापराजीको फन्दामा उहिले डायना परे जस्तो वा आज तपाईं परिरहेको अनुभव भइरहेको छ। यो नबुझेर वा नजानेर त पक्कै गर्नु भएको होइन होला ? एक्लो ‘बृहस्पति’ बन्न नखोज्नु नै हितकर हुन्छ होला?
तपाइको आजको बोली, धारणा र अभिव्यक्ति नेकपाको संस्थागत निर्णय, धारणा र निर्देशन कदापि होइन र मान्न सकिँदैन। कमसेकम आफूले टेकेको धर्ती र आफ्नो टाउकोले खामेको आकाशमात्रै थाम्न खोज्नु उचित होला कि। विषयको संवेदनशीलता र गम्भीरता बिर्सेर फर्किने ठाउँ नै नराखी आफू अनुकूल अपव्याख्या गरेर बहकिनु उचित होइन। आगे कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दि।’ तपाईंकै ‘सहप्रवक्ता!’
रावलको कुरा सुन्दा उनले यसैलाई ज्यान मार्ने धम्कीका रूपमा बुझेको देखिन्छ। आफूलाई ज्यान मार्ने धम्की आएकोबारे रावलले प्रहरीलाई भने कुनै खबर गरेका छैनन्। उहाँको तर्फबाट अहिलेसम्म कुनै उजुरी प्रहरीकोमा आएको छैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने रावलको भनाइ मन्त्री हुन नपाएको आक्रोश भएको बताएका छन्। मैले उहाँले कविता लेखेको प्रसंगमा त्यो कुरा उल्लेख गरेको हो। यही विषयलाई लिएर ज्यान मार्ने धम्की आयो भन्नु भएछ।
गृह र रक्षा मन्त्री भइसकेको व्यक्ति जसले कार्यविधि मिचेर अगाडि-पछाडि सुरक्षाकर्मी लिएर हिँडिरहेको छ। त्यस्तो व्यक्तिलाई कसले धम्की दिन्छ होला