गोरखाको विकासमा बढ्दो जनसहभागीता
गोर्खा जिल्लाको पालुङटार स्थित कुमल्टारी मर्स्याङदी नदीको पुल अब करिव २ महिनामा सम्पन्न हुने भएको छ । यो पुल बनेपछि ४ नं प्रदेश को पूर्वी भागका ३ जिल्ला गोरखा, तनहुँ र लमजुङका जनताहरु लाभान्वित हुने देखिन्छन्। यो मोटरेबल पक्की पुल करिव १०० मिटर लम्बाइको छ ।
गोरखाको चुनिघाट बजारका स्थानिय बमसिन्दाहरुले राजीखुशी का साथ पुल निर्माणका लागी आफ्नो घर जग्गा टहरा वकिल लै राखेर नि:शुल्क पुल बनाउनका लागी जग्गा दान गरेका हुन् । पछिल्लो समय यस क्षेत्रमा स्थानीय बासिन्दाहरु विकास निर्माणका लागी स्वत स्फुर्त रुपमा लागी परेका छन् ।
नेपालको अन्य क्षेत्रको तुलनामा कुमल्टारी (चुनिघाट) बजारका बासिन्दा भिन्न मानिन्छन् । उनिहरुले बाटोको लागी आफूले गरेको लिखित प्रतिवद्धतालाई लै आधार मानेर ५-५ मिटर (१० मिटर) बाटो निर्माण गर्ने जनाएका छन् ।

सबै जनताले वकिल लै राखेर नेपाली कागजमा आफ्नो घर जग्गा टहरालाई राजीखुशी बमेजिम पुल,सडक बनाउन दिन तयार भएका छन् । पछि बाटो विस्तार गर्ने क्रममा घर-जग्गा-टहरा नभत्काएमा यसै कागजका आधारमा भत्काउने प्रतिवद्धता जायर स्थानियहरुले गरेका छन् । देश विकासका लागी कुमल्टारी (चुनिघाटका) स्थानिय बमसिन्दाहरुले अत्यन्त प्रसंसनिय काम भएको स्थानिय जनप्रतिनिधि जनाउछन् ।
बिमलनगर देखि प्याउदीखोला,जरुवाठाँटी सम्म राम्रो सगँ यातायात सञ्चालन भइरहेको छ। अब छिटै नै ठाँटीपोखरी सम्म करिव १५ किलोमिटर सडक पिच हुँदै छ । स्थानिय आनन्दकुमार श्रेष्ठ र रुपा बरैलीको अगुवाईमा पुल निर्माणका काम लागी जग्गा स्थानिय बमसिन्दाहरुले ५-५ मिटर छोड्न राजी भएका हुन् ।
यसरी विकास निर्माणको काममा कुमल्टारी (चुनिघाटका) जनताले जस्तै देशका सबै क्षत्रका जनता लाग्ने हो भने देश छिटै नै विकासको अग्रगतिमा जाने देखिन्छ । स्थानियको यस कामले गर्दा नै उनिहरु सधैँ धन्यवाद का पात्र बन्ने देखिन्छन् ।
