नेपाल भ्रमण वर्षको प्रचार गर्दै चिनियाँ राजदूतको फोटोसेसन
(काठमाडौं) सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्षको रौनकले छोएको छ ।
राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । रातो पहिरनमा उनी निकै खुलेकी छन् ।तस्तिरका साथमा राजदूत होउले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।