सातौं वृहत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर २०७६ सञ्चालन हुँदै
सातौं वृहत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर २०७६ सञ्चालन हुँदै
यो आउँदै गरेको मंसिर २१ गते शनिबार सागरमाथा एजुकेशनल एकेडेमी र लायन्स अफ ओखलढुङगाको संयुक्त आयोजनामा सञ्चालन हुन लागीरहेको वृहत रक्तदान तथा नोबेल अस्पतालको वरिष्ट चिकित्सहरुद्धारा परीक्षण हुने स्वास्थ्य शिविर मा उपस्थित भई लाभ लिन हुन सबै जनसमुदायमा आयोजक हार्दिक अनुरोध गर्दछ । उक्त कार्यक्रममा करिव २००० जना बिरामिको नि:शुल्क स्वास्थ्य परीक्षण गरिने तथा १५० प्रिन्ट रक्त सङकलन हुने अनुमान गरिएको विद्यालयको प्रिन्सिपल पुष्पराज सिंखडाले बताउनु भयो।
क-कस्ले रक्तदान गर्ने सक्छन् भन्ने जिज्ञासामा प्रिन्सिपल सिंखडाले भन्नुभयो- १८ वर्ष देखि ६० वर्ष सम्म उमेर समुहमा र शारीरिक तौल ४५ केजी भन्दा बढी भएको कुनै पनि स्वास्थ्य व्यक्तिले प्रत्येक ३ महिनाको अन्तरमा सुरक्षित रक्तदान गर्ने सक्ने कुरा जानकारी गराउदै भन्नु भयो। रक्तदान गरिएको रगत मात्र २४ देखि ४८ घण्टा भित्र शरिर स्वत परिपुर्ति हुने र रक्तदान गरि सकेपछि कुनै विशेष प्रकारको खाना,आराम वा औषधि समेत लिनु पर्दैन भन्ने जानकारी गराउनु भयो।
स्वास्थ्य परीक्षणमा के-के हुने भन्ने प्रश्नमा प्रिन्सिपल सिंखडा भन्नुहुन्छ-
नि:शुल्क स्वास्थ्य परीक्षण
रक्तचाप परीक्षण
मधुमेह तथा नि:शुल्क ब्लड सुगर परीक्षण
थाइराइड परीक्षण
स्त्री रोग नि:शुल्क परीक्षण लगायतका स्वास्थ्यउपचार हुने जानकारी गराउनु भयो।