नेता हरी काफ्लेकोअग्रसरतामा गोरखा पालुङटारको विकास तिव्र गतिमा
नेपाल कम्युनिष्ट पाटीका नेता हरी काफ्ले गोरखा जिल्ला को अत्यनत जुजारु,क्रियाशिल र विकास प्रेमि नेता हुन्। जननिर्वाचित प्रतिनिधि भन्दा पनि बढि स्थानीय क्षेत्रको विकासको लागी लागी पर्ने नेता काफ्ले प्राय गाउँघरमा नै भेटिन्छन्। जनताको हरेक सुखदु:खमा साथ दिने नेता काफ्ले अन्याय अत्याचार र गरिबि का रेखा मुनि पुगेका जनताको जिवन स्थर कसरी उकास्न सकिन्छ भनेर लागी रहन्छन्। अन्यायमा परेका जनताको न्याय दिलाउने काममा पनि काफ्ले अग्रपङतिमा देखिन्छन् ।
पछिल्लो समयमा गोरखा पालुङटार नगरपालिकाको विकासमा लागी परेका नेता हरी काफ्लेको पहलमा विमलनगर-मैवाटार-थाँटीपोखरी-दुधपोखरी सडक आयोजना अन्तरगत विमलनगर-प्याउदीखोला सम्म ५ किलोमिटर रु. ५ करोडको लगानी मा ग्राभेल हुँदैछ भने गोठेचौर देखि कोप्रिङखोला सम्म करिव ३.५ किलोमिटर ३ करोडको लगानी मा पिच हुँदै छ। त्यसैगरी टुटुङ्गा लिफ्ट खानेपानि आयोजना रु. ४ करोड, सतिघाट लिफ्ट खानेपानि आयोजना ३ करोड, खाल्टे लिफ्ट खानेपानि आयोजना रु. ४ करोडको लगानी मा नेता हरी काफ्लेकै पहलमा निर्माण हुँदैछ।
स्थानीय क्षेत्रको विकासको काममा अग्रसर नेता काफ्लेलाई स्थानीय जनताले भावि नगरपालिकाको मेयरको रुपमा पनि हेर्ने गरेका छन्। काफ्लेका यिनै कामले गर्दा नै गोरखाली जनताका विच लोकप्रिय नेता मानिन्छन्।