विवाहको साईत हेर्न जन्मदर्ता अनिवार्य
(मुगु) बाल विवाह न्यूनिकरणको लागि मुगुका अगुवाहरुले विवाहको लगन जुराउन र साइत हेर्न जन्मदर्ता अनिवार्य हुनुपर्ने नियम लगाएका छन् । हिमाल पारीको जिल्ला भनेर चिनिने मुगुमा बाल विवाहको दर बढे संगै स्थानीयको अगुवाईमा सो नियम लगाइएको हो । यो नियम लागु गरेसंगै विवाह पूर्व धामी, झाक्री, पुरोहित ब्रामण र लामा चुम्माहरुले जन्मदर्ता विना अर्थात विवाह गर्ने केटा केटीको उमेर पत्ता नलगाए सम्म विवाहको साईत, लगन नहेर्ने भएका हुन् ।
जिल्लामा बालविवाह दिनप्रति दिनब ढदै जान थालेपछि यसलाई न्यूनिकरण गदै क्रमश उल्मुलन गर्नका लागी जिल्लाप्रहरी कार्यालय मुगुको आयोजनामाबुधबार गाँउघर तिर कृयाशिल अगुवाधामी, झाँग्री,पुरोहित, ब्रामण, लामा,चुम्मा र मुङ्ग¥यालीहरलाई दिईएको सचेतना तालिममा सहभागी अगुवाहरुले जन्मदर्ता विना विवाहको लागी अब साईत हेर्न आफु कहाँआउने अभिभावक र जोडीहरुको चिना, साईत र लगननहेर्ने प्रतिवद्घता गर्नु गरेका हुन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाँउका पुरोहित ब्रामण भिम प्रसाद चौलागाई नगर क्षेत्र भरी विवाह, ब्रतबन्ध र चिना बनाउने गर्दै आएको भएता पनि यो सचेतना कार्यक्रममा सहभागि भएसंगै विवाहकालागी साईत, लगन हेर्न आउने अविभावकहरुलाई जन्मदर्ता फारम ल्याएको भएमात्र हेरी दिने र ल्याएका छैनन भने नहेरि दिने प्रतिज्ञा गनुभएको छ । यदिजन्मदर्ता हेर्दा केटा केटीहरुको उमेर पुगेको छैन भने साईत नै नहेरी फर्काई दिन्छु र बालविवाह गर्न लागेको भनी नजिकको प्रहरीमा खबर समेत गर्छु उहाँले भन्नुभयो ।
त्यस्तै खत्याड गाँउपालिका वडा नं ८ रिगागाँउका स्थानीय मनकृष्ण उपाध्यायले पनि प्रहरी कार्यालयले दिएको दुई दिने सचेतना कार्यक्रमले आफ्नो दैनिकीमा नै परिवर्तन ल्याएको र आफु पनि बालविवाह मुक्त समाज निर्माणमा लागि पर्ने बताउनु भयो । सचेतना तालिमका जिल्लाका चारै स्थानीय तहका वस्तिहरुरुमा रहेका १०० जनाभन्दा बढी सामाजिक अगुवा धामी, झाँग्री, चुम्मा, लामा, पण्डित, पुजारी र ब्रामणहरुको सहभागिता रहेको थियो ।