भक्तपुरमा बोलेरोको ठक्करबाट वृद्धाको मृत्यु
भक्तपुरमा बोलेरोको ठक्करबाट एक वृद्दाको मृत्यु भएको छ ।
बिहान करिब साढे ७ बजेको समयमा मध्यपुर चोकमा काठमाडौं तर्फ जाँदै गरेको बा १४ च १६८६ नम्बरको बोलेरोले बाटो काट्दै गर्दा लक्ष्मी देवी भट्टराईलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ओखलढुङ्गा लिखु गाउँपालिका ६ घर भई हाल मध्यपुर ठिमी न.पा. ४ एस.एस.बस्ने ७६ वर्षीया भट्टराईलाई बाटो काट्दै गर्दा बोलेरोले ठक्कर दिएको थियो ।
घाइते भएकी उनलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
घटनापछि बोलेरो र बोलेरो चालक जिल्ला काभ्रे बेथानचोक गाउँपालिका–३ घर भई हाल काभ्रे भैंसेपाटीका २४ वर्षीय विनोद घिमिरेलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।