८६० मिटर लामो पक्की पुलको लागत अर्ब रुपैयाँ
(दाङ) : नेपालकै दोस्रो लामो पक्की पुल तोकिएको भन्दा चार महिना अघि नै निर्माण पुरा भएको छ। राप्ती नदीमा निर्माण भएको यो पुलले राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्छ। ८६० मिटर लामो यो पुलको चौडाई साढे १० मिटर छ। एक अर्ब रुपैयाँ लगानीको यो पुलको निर्माण अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२र७३ देखि थालेको थियो। आव २०७६र७७ भित्र निर्माण सक्ने सम्झौता थियो। तर ठेकेदारले त्यसअघि निर्माण पुरा गरेका हुन्।
पुल निर्माणको योजना कार्यान्वयन गराउने सरकारी निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार चार वर्षको सम्झौता अवधि पुरा हुनु चार महिना अघि नै पुल तयार भएको हो। 'पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो', उनले भने, 'तर ठेकेदारले सम्झौता अवधि पूरा हुनु चार महिनाअघि नै निर्माण पुरा गरिदिएका छन्।' पुल निर्माण पूरा भइसकेकाले त्यहाँसम्म पुग्ने सडक निर्माण भइरहेको उनले बताए। उक्त पुलको आगामी माघमा उद्घाटन गरिने भएको छ।
उक्त पुल निर्माणपछि देउखुरीको राप्ती नदी तर्न सहज भएको छ।
एक अर्ब रुपैयाँ लगानीको यो पुलको निर्माण अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२ र ७३ देखि थालेको थियो। आव २०७६ र ७७ भित्र निर्माण सक्ने सम्झौता थियो। तर ठेकेदारले त्यसअघि निर्माण पुरा गरेका हुन्।
अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारपार गर्दा कालाकाटे-भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्छ। तर यो पुल खुलेसँगै डेढ घण्टाको यात्रा १५ मिनेटमा झर्नेछ। 'पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयलाई धेरै गाह्रो थियो। बर्खामा खोलो बढेर वारपार गर्न सकिने अवस्था थिएन', पन्तले भने,'भनेको बेला सवारीसाधन नपाएर स्थानीयले सास्ती भोगेका थिए। यो पुल खुलेपछि ती सबै समस्या हट्नेछन्, यात्रा पनि केबल १५ मिनेटको हनेछ।' यो पुल निर्माण भएपछि स्थानीयको आयआर्जनमा टेवा पुग्ने बताइएको छ। देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ। यही क्षेत्रमा प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ ।
तर पुल अभावमा स्थानीय किसानले कृषि उत्पादन बजारसम्म लानै सकेका थिएनन्। पुल निर्माण भएपछि राप्तीपारिका किसानको कृषि उत्पादन बजारसम्म लैजान ठूलो सहयोग पुग्न त्यस क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रजीत थारूले जानकारी दिएका छन्।