काठमाडौंका ७ मुख्य चोकमा ओभरहेड व्रिज र अण्डरपास
(काठमाडौं) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकाका मुख्य सात चोकमा ओभरहेड र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव अगाडि सारेको छ । मन्त्री रघुवीर महासेठकाअनुसार यो प्रस्ताव सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश गरिएको छ ।
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गर्दै मन्त्री महासेठले काठमाडौं उपत्यकाको विकासका लागि योजना बनिसकेको बताए । कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालिमाटी, त्रिपुरेश्वर र थापाथलीमा ओभरहेड वि्रज र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव छ ।
काठमाडौं बाहिर जति काम गरेपनि उपत्यकामा सरकार आलोचित हुने गरेको भन्दै मन्त्री महासेठले भने, ‘आज काम गर्ने वातावरण बनेको छ बढीमा फागनु मासान्तभित्र नयाँ काठमाडौं हेर्न पाउनु हुनेछ ।’मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै टेण्डर लगायतका प्रक्रिया सुरु गर्ने उनले बताए ।
नयाँ काठमाडौं बनाउने लागेको भन्दै उनले यदि काम गर्न नसक्ने छोडेर जाने समेत बताए ।