एनआरएनए महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने समापन प्रधानमन्त्रीले
(काठमाडौं) गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।
दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले चुनावी प्रतिस्पर्धा गर्दैछन् । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् ।
यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ । एनआरएनएको सम्मेलनका लागि सोमवारसम्म विश्वका विभिन्न ठाउँमा रहेका करिव २५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिएका छन् ।सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।