नेकपाको चियापानमा चिनियाँ राष्ट्रपतिको भ्रमणदेखि महरा पक्राउसम्मको विषयमा चर्चा
(काठमाडौं ) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मन्तब्य दिने क्रममा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण मुख्य उपलब्धी भएको चर्चा भयो ।साथै छिमेकी दुई देशसँग समानान्तर रुपमा सम्बन्ध कायम गरिएको,विमानस्थलमा सुधार गरिएको,हरेक नेपालीको बैंक खाता बनाउन सफल भएको, पोखरा र लुम्बिनीमा एयरपोर्ट बनेको, ैबैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको,नेपालको पानीमा जनताको लगानी समावेश,नयाँनयाँ आयोजनाको थालनी गर्न सरकार सफल भएकोबारे चर्चा भयो ।
कार्यक्रममा नेकपाका अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभन्न दलका नेता तथा कार्यकर्ताले उपस्थिति जनाएका थिए । अपराह्न १२ बजेदेखि ३ बजेसम्म चलेको चियापान कार्यक्रममा नेकपाका नेताहरुबीच सरकारका उपलब्धी तथा बस्तुस्थितीबारे समिक्षा गरिएको थियो ।
दुई चरण गरेर आयोजना गरिएको चियापान कार्यक्रममा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता–कार्यकर्ता, सर्वसाधारण तथा अपराह्न ३ बजेदेखि ५ बजेसम्म राजनीतिक दलका नेताहरू, मन्त्री तथा साँसदहरू, संवैधानिक अंगका पदाधिकारी, सरकारका उच्चपदस्थ पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, लगायतलाई आमन्त्रण गरिएको थियो ।
त्यस्तै अहिलेको तातो विषय निवर्तमान सभामुख महरा पक्राउ प्रकरणले सरकारलाई जनतासमक्ष जवाफ दिन गाह्रो परेकोबारे नेता तथा कार्यकर्ताबीच छलफल चलेको थियो ।यसैगरी कांग्रेसका सांसद आलम र राजपाका सांसद प्रमोद साह पक्राउका विषयले पनि चियापानमा चर्चा पाएको थियो ।