नेपाली लसुन सिंगापुर, हङकङ र कतारका बजारमा पुग्यो
(काठमाडौं) नेपाली किसानले उत्पादान गरेको लसुनले विदेशको बजारमा बेचिन थालेको छ। गत वर्ष जम्मा एक देशमा नेपालले लसुन निर्यात गरेकोमा चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा तीन देशमा बजार विस्तार गरेको छ।
दुई महिनाको अवधिमा नेपालले हङकङ, कतार र सिंगापुर लसुन निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। दुई महिनाको ३२ हजार ८८३ केजी लसुन निर्यात भएको छ।
जसको बिक्री मूल्य १४ लाख १७ हजार रुपैयाँ रहेको छ। गत वर्षको दुई महिनाको अवधिमा नेपालले दुई लाख ३१ हजार रुपैयाँको सात हजार ८२८ किलो लसुन निर्यात गरेको थियो। गत आर्गि वर्ष भरीमा १० लाख ३८ हजार रुपैयाँ बराबरको १५ हजार ८२८ केजी लसुन निर्यात गरेको थियो यस हिसाबले गत आर्थि वर्षभरीमा गरेको निर्यातभन्दा चालू आर्थिक वर्षको दुई महिनामा निर्यात मूल्य र परिणाम बढी रहेको देखिन्छ। दुई महिनाको अवधिमा हङकङमा ९४ केजी र सिंगापुरमा ५१ केजी लसुन निर्यात गरेको नेपालले कतारमा भने ३२ हजार ७३८ केजी लसुन निर्यात गरेको छ। जसको ब्रिकी मूल्य १३ लाख ९० हजार रुपैयाँ रहेको छ। यस हिसाबले ९८ प्रतिशत हिस्सा कतारमा नै रहेको छ।