एनआरएनको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने
(काठमाडौं) गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ ।
बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो ।
कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने एनआरएन नेताहरुले बताएका छन् ।
त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित छन् ।
उपाध्यक्षका लागि उम्मेद्वारी दिएका नरेन्द्र भाटले सबैको सहमतिमा म्यानुअल प्रविधिबाट मतदानको तयारी भइरहेको जानकारी दिए ।
एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी परेको छ । गुरुङ आचार्य र थापा पन्त प्यानलका हुन् ।