दहचोक–सिस्नेखोला सुरुङमार्ग शिलान्यास कार्यक्रम काँग्रेसद्वारा बहिस्कार
(काठमाडौँ) राजधानी र धादिङ जोड्ने राष्ट्रकै गौरवको सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको छ ।
सोमबार राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको दहचोक–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री ओलीले गर्नुभएकाे हाे ।
मुलुकको पहिलो सडक सुरुङमार्गको (दहचोकदेखि धादिङको सिस्नेखोला) सम्मको लम्बाई २.६८८ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको भने दुई वटा प्लाईओभरहेड ब्रिजपनि निमार्ण हुनेछन् ।
सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ । २.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
दहचोक–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको अधिकरण गर्नुपर्ने जग्गाको मुअब्जा मन्त्रिपरिषद्बाट वितरण गरिने भएको छ । सुरुङमार्ग निर्माण गर्न काठमाडौँ र धादिङतर्फ ३७६ रोपनी जग्गा अधिकरण गर्नुपर्छ ।
त्यसमध्ये सडक रेखाकङ्न बाहिर परेको ४४ रोपनी जग्गाको मुअब्जा वितरण गरिनेछ । मुअब्जा वितरण गरिने जग्गामध्ये २३ रोपनी गुठीको नाममा छ । गुठी नियमअनुसार अधिरकणमा परेका जग्गा कमाउनेलाई ३३ प्रतिशत दिने प्रावधान छ ।
बाँकी ६६ प्रतिशत गुठीलाई नै दिने व्यवस्था छ । ३३ प्रतिशत पाउने स्थानीय विस्थापित हुने भएकाले थप रकमको व्यवस्था गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।सुरुङमार्ग बनाउन काठमाडौँतर्फ २६७ रोपनी जग्गा पर्छ । काठमाडौँतर्फ ५ अर्ब रुपैयाँ मुअब्जा वितरण भइसेको छ । काठमाण्डौ पटिको जग्गा व्यवस्थापन देखि सवै प्रकृया गर्ने काम चन्द्रागिरिका मेयर घनश्याम गिरीले मिलाउनु भएकाे थियाे ।
सुरुङमार्ग निर्माण हुनुअघि नै मुअब्जा रकम वितरण गरिसक्ने आयोजना प्रमुख श्याम प्रसाद खरेलको न्युज २४ लाई बताउनुभयाे । सुरुङमार्ग असोज ६ गते निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको थियो ।
सम्झौता पत्रमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापा र जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीका तर्फबाट सुरुङमार्ग आयोजना प्रबन्धकले हस्ताक्षर गर्नुभएकाे थियाे ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङमार्गका लागि रु २२ अर्ब लागत लाग्नेछ ।
त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।
सुरुङमार्ग निर्माण गरेको ४२ महिना भित्रमा ठेकेदार कम्पनीले निर्माण गरिसक्नु पर्नेछ । जापानले आयोजनाका लागि १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । उक्त ऋण सम्झौता २०७३ सालमै भएको थियो ।
केन्द्रीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको दहचोक–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम नेपाली काँग्रेस भने अनुपस्थित रहेको थियो । प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास कार्यक्रम गरिरहदा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरी उपस्थित हुनुभएकाे थिएन ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी नेपाली काँग्रेसबाट निर्वा्चित हुनुहुन्छ । त्यसैगरी आचार्य धुनिवेशी नगरपालिकावाट काँग्रेसवाट निर्वा्चित मेयर हुनुहुनछ ।आफ्नो नगरपालिकामा सुरुङमार्ग शिलान्यास भएपनि मेयर गिरीको कार्यक्रममा उपस्थिति थिएन् ।
यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गालाल महर्जन, वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्की, ७ का वडाअध्यक्ष शम्भु केसी, १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ र काँग्रेसबाट निर्वा्चित अन्य वडाका वडाअध्यक्षहरुको पनि कार्यक्रममा उपस्थिति थिएन ।
यस्तै, नेपाली काँग्रेसका नेता तथा सांसद राजन केसी, काँग्रेस नेता पूर्वसांसद ध्यानगोविन्द रन्जितलगायत चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको पनि कार्यक्रममा उपस्थित देखिएन ।