विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ
(काठमाडौं) नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ। लोहनीलाई मंगलबार बिहान चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि उक्त पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याकाे कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्ति विप्लवले सोमबार मात्रै जारी गरेका थिए। पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। उनलाई केन्द्रीय समितिबाट मात्रै मुक्त गरिएको हो वा पार्टीबाटै त्यो भने विज्ञप्तिमा खुलाइएको छैन।