कुलेखानी तेस्रोबाट विद्युत परीक्षण आरम्भ, केही दिनपछि व्यावसायिक उत्पादन गर्ने
(काठमाडौं) कुलेखानी तेस्रोबाट विद्युतको परीक्षण उत्पादन सुरु भएको छ । मकवानपुरको भीमफेदी सानुटारस्थित आयोजनाले १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरिसकेको छ ।
तर व्यवसायिक उत्पादन हुन भने केही समय अझै लाग्ने भएको छ । १२ वर्ष पछि निर्माण सम्पन्न भएर परीक्षण उत्पादनबाट निस्केको विद्युत राष्ट्रिय प्रशारण लाइनमा पठाइसकेको कुलेखानी तेस्रो जलविद्युत आयोजनाले जनाएको छ ।
२०६४ चैतदेखि काम सुरु गरिएको आयोजना २०६८ सालसम्म निर्माण सम्पन्न गर्ने सम्झौता थियो । यस बीचमा ठेकेदार पक्षले बिभिन्न बहाना गर्दै छ पटक म्याद थप गरेको छ । तिहारभित्र योजना पूर्ण रुपमा हस्तान्तरण गर्ने तयारी अघि बढाइएको छ ।
दुई वटा टर्वाइन रहेको मध्ये अहिले एउटा टर्वाइन मात्रै चलाइएको छ । निर्माण कम्पनीले हस्तान्तरण गर्नु अघि एक महिना सम्म सबै टर्वाइन, जेनेरेटर, मोटर, ट्रान्सफर्मरहरुको परीक्षण गर्ने र केहि गढबढ भए सच्याउन लगाउने गरी करिब एक महिना परीक्षण हुनेछ ।