प्रमाण नपुगेको आघारमा गाउँपालिको अध्यक्ष हिरासत मुक्त
३० भदौ, प्युठान । मुद्दाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो। गौमुखी गाउँपालिका प्युठानका अध्यक्ष विष्णु कुमार गिरीले बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कारबाही नहुने भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।जिल्ला अदालत समक्ष मुद्दा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।पुष्टी हुन नसक्ने आरोपकै आधारमा लामो समय हिरासतमा रहनुपर्दा सामाजिक क्षति भएको अध्यक्ष गिरीले प्रतिक्रिया दिएका छन् । ढिलै भए पनि मुद्दा खारेज भएकाले सामाजिक क्षतिपूर्ति हुने उनले विश्वास व्यक्त गरे ।गत भदौ १० गते श्रीमती सीता केसीले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् । एक युवतीसँग गाउँपालिका अध्यक्ष विष्णु गिरीले खिचाएका अर्धनग्न तस्वीर र फेसबुक च्याटमार्फत् भएको कुराकानीहरुको आधारमा उनले उजुरी दिएकी थिइन् ।