रवि लामिछानेसहित तीनैजनालाई थप ५ दिन हिरासतमा राखिने
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत चितवनले ५ दिन म्याद थप गरेको छ । बिहीबार पक्राउ परेका तीनैजना माथिको अनुसन्धान नसकिएका कारण थप १० दिन थुनामा राख्न अनुमति माग्दै चितवन प्रहरीले उनीहरुलाई जिल्ला अदालत पेस गरेको थियो ।
जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता सुशील पन्त र नेपाल बारका पूर्वमहासचिव अधिवक्ता सुनिलकुमार पोखरेलले रविलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहन नपर्ने भन्दै बहस गरेका थिए । सरकारी वकिलले रविलाई थुनामा राख्न अनुमति दिनुपर्ने पक्षमा वकालत गरेका थिए । तर, अदालतले भने रविसहित तीन जनालाई नै हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई थप ५ दिन असहमति दिएको हो ।
यसअघि अनुसन्धानको लागि सात दिनको म्याद मागेको प्रहरीलाई अदालतले पाँचदिन प्रहरी थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
रासस