माधव नेपालले भने पार्टीमा पहिला झलनाथको अपमान गरियो, अहिले मेरो गरिँदैछ
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाग गठनको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग नेता नेपालले सचिवालयमा पार्टीको वरिष्ठ व्यक्तिहरुलाई पाखा लगाएर कनिष्ट व्यक्तिहरुलाई राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘नेकपा एमालेको पूर्वविधान बमोजिम झलनाथ खनाल नै दोस्रो वरियता क्रमका वरिष्ठ हुनुहुन्थ्यो तर विभिन्न प्रकारले उहाँको अपमान गरियो । दोस्रो चरणमा मलाई अपमान गर्ने प्रयास गरियो,’ नेपालले भने । पार्टीबाट अरु पनि धेरै गल्तीहरु भएको भन्दै सम्पूर्ण विषयलाई सच्च्याएर अघि बढ्नुपर्ने उनले बताए ।
शिलापत्रबाट