कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाण्डौ २ साउन । कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खडस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।से७प १३४७ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा घोडाघोडी नगरपालिका९४ का २६ वर्षीय अशोक चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते ह’न”भएका भएका चौधरीको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका चालक घोडाघोडी नगरपालिका९४ कै ३० वर्षीय प्रेम चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।